९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

थासाङका ५ गाउँ जोड्न कालोपत्रे सडक निर्माण


जनमञ्च संवाददाता
  • २१ मंसिर २०७८ , मंगलबार

  • थासाङका ५ गाउँ जोड्न कालोपत्रे सडक निर्माण
    थासाङको ५ गाउँ जोड्ने ग्रामीण सडकको डिपिआर भेरिफिकेसन सर्वे गर्दै सांसद तुलाचनसहित प्राविधिक टोली। तस्बिर : निरज थकाली।

    जोमसोम, २१ मंसिर – मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गत लेते, छयो, कुञ्जो, टिटी, हुँदै सिर्खुङसहित ५ गाउँ जोड्ने १२ किमी सडक कालोपत्रे हुने भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको संघीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि ६० करोड बजेट विनियोजन गरेको हो।

    मन्त्रालयले गत आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुरुप थासाङको ग्रामीण भेक जोड्ने सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको थियो। मन्त्रालयले थासाङको ३, ५ र २ वडा जोड्ने १२ किमी सडकको स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने जिम्मा डिभिजन सडक कार्यालय बाग्लुङलाई दिएको छ। मन्त्रालय अन्तर्गत सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर ) निर्माणको काम सकिएको जनाइएको छ। अहिले उक्त सडकको डिपिआर फिल्ड भेरीफिकेसनको काम धमाधम भइरहेको छ।

     

    संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा सो सडक निर्माण हुन लागेको हो। कोरोना कहरले प्रारम्भिक काममा अवरोध पुगे पनि अहिले सो सडक निर्माणको पूर्व भेरिफिकेसन सर्बेका लागि सांसद तुलाचन आफैँ खटिएका छन्। यस्तै उनीसँगै ४ जना प्राविधिक टोली फिल्डमा खटिएका छन्।

    काठमाडौंको स्पार्क कल्सन्टेन्सी प्रालिले तयार गरेको डिपिआरको अन्तिम भेरिफेकसन गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय बाग्लुङका सब इन्जिनीयर शालिग्राम बरालले जानकारी दिए। ‘अहिले डिपिआरको प्रारम्भिक फिल्ड फेरिफेकसन कार्य भइरहेको छ’, उनले भने, ‘यसपछि डिभिजन सडक कार्यालय र कल्सन्टेन्सीबीच जोइन सर्बेसहित अन्तिम भेरिफेकसनको काम सक्छौं।’

    उनले एक साताभित्रै लागत स्टमेट तयार गरी सूचना प्रकाशित गरेर चाँडै ठेक्का सम्झौतामा जाने उल्लेख गरे। सब इन्जिनियर बरालले चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौताको सम्पूर्ण प्रक्रिया सकेर आगामी आर्थिक वर्षको सुरुआतमै कालोपत्रे सडक निर्माणको काम सुरु गर्ने बताए।‘हामीले डिपिआरको सर्वेक्षण गरिरहेको, केही ठाउँमा सडक स्टक्चर थपघट गर्नेुपर्ने देखिन्छ’, उनले भने,‘बाँकी सबै तोकिए बमोजिम डिपिआरमा उल्लेख भएको पाइयो। इन्जिनियर बराल भने।’

    राष्ट्रिय गौरबको बेनी—जोमसोम सडक अन्तर्गत थासाङको लेतेदेखि सिर्खुङसम्मको करिव १२ किमी सडक कालोपत्रेका लागि बजेट बिनियोजन भइसकेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले बताए। उनले कोरोना कहरले केही समय फिल्ड भेरिफेकसनको काम हुन नसकेको उल्लेख गरे। थासाङको ग्रामीण भेक जोड्ने सडकको ७ मिटर कालोपत्रे, ५० सेमी सोल्जर र १ मिटर नाली निर्माण गरिने छ। कालोपत्रे सडक निर्माणपछि थासाङको छयो, कुञ्जो, ताक्लुङ, टिटी, सिर्खुङ लगायतका गाउँका स्थानीय लाभान्वित हुने सांसद तुलाचनले जानकारी दिए। सो क्षेत्रका गाउँमा पक्की पुल र सडकको पहुच नहुँदा निकै समस्यामा परेका स्थानीयको कृषि उपज सामाग्री सहज ढुवानी र बजारीकरणमा समेत सहयोग पुग्ने सांसद तुलाचनले उल्लेख गरे।

    मुस्ताङको तल्लो क्षेत्र भएर पनि सडक पहुँच नपुग्दा ओझेलमा परेको छयो, कुञ्जो, टिटी र सिर्खुङका स्थानीयले निकै सास्ती भोग्न बाध्य थिए। कृषि र पशुपालनले प्रचूर सम्भावना रहेको सो क्षेत्रका बासिन्दाले बर्खायामको मौसममा कृषि उपजको बजारीकणमा समस्या पर्दै आइरहेको थियो। गाउँमा सडक पहुँचसँगै कालोपत्रे विस्तारको योजनाले स्थानीय बासिन्दा निकै उत्साहित भएको थासाङ—५ का वडाध्यक्ष सोमल हिराचनले जानकारी दिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend