८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • तनहुँका आठ स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

    तनहुँ, २२ मंसिर – नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका आठ स्थानीय तहमा मात्र नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व पाएका सबै स्थानीय तहमा सर्वसम्मत भएका हुन् ।
    शुक्लागण्डकी नगरपालिकामा नगर कमिटी बनेपनि पदाधिकारीको टुंगो लागेको छैन । भानु नगरपालिकामा अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ । ११ मंसिरमा तनहुँका आठ स्थानीय तहमा माओवादीको गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो । तीमध्ये बन्दीपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले गाउँ तथा नगर कमिटी गठन गरेपनि पदाधिकारीको टुंगो लगाउन सकेनन् ।
    लामो रस्साकस्सीले बन्दीपुरले जीवन कायस्थलाई अध्यक्ष बनाउँदै गाउँ कमिटीलाई पूर्णता दिएको छ । शुक्लागण्डकीमा आवश्यकता भन्दा धेरैको उम्मेदवारी परेपछि पदाधिकारी छान्न सकस देखिएको छ । उम्मेदवारी दिएका कोही पनि टसमस भएर फिर्ता लिन नमानेपछि १८ मंसिरमा ६५ जना नगर सदस्यलाई सपथ ग्रहण गराइएको छ ।
    पदाधिकारीको टुंगो लगाउन पार्टी पंक्तिले न सकेको छ न त निर्वाचन गराउने हिम्मत नै जुटाएको छ । सकभर सहमति गर्ने भन्दै रेडिमेड जवाफ दिन्छन्, पार्टीका नेताहरु । ‘हामी सहमतिको प्रयासमा छौं । नभए मात्र निर्वाचनको प्रक्रियामा जाने हो,’ माओवादी केन्द्र तनहुँकी सहइञ्चार्ज आशा कोइरालाको प्रतिक्रिया छ ।
    जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपानेको जवाफ पनि यही छ । उनी भन्छन्, ‘सहमतिको प्रयास गरिरहेका छौं । सहमति बन्दैछ । नभए बल्ल निर्वाचनमा जान्छौं ।’ शुक्लागण्डकीमा सात जना पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
    भानु नगरपालिकामा वडा अधिवेशन बाँकी रहेकाले नगर अधिवेशन गर्न ढिलाइ भएको न्यौपानेले जानकारी दिए । उनका अनुसार २४ मंसिरमा भानुमा माओवादी केन्द्रको नगर अधिवेशन हुँदैछ । व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ, म्याग्दे, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend