८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर, २७ गते ८ विहान बजेदेखि मतदान


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • कांग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर, २७ गते ८ विहान बजेदेखि मतदान

    काठमाडौं, २२ मंसिर – नेपाली कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै कार्यतालिका संशोधन भएको जानकारी दिएको छ।

    संशोधित कार्यतालिका अनुसार मसिंर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिनेछ। २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्दा र ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ गरिने संयोजक घिमिरले जानकारी दिएका छन्।

    त्यस्तै २५ गते बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गरिने, राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने छ। त्यस्तै मंसिर २६ गते ११ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ। त्यसपश्चात सोही दिन १२:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। घिमिरेका अनुसार मतदान मंसिर २७ गते विहान ८ बजेदेखि सुरु हुनेछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend