९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गर्यो बिशेष संगठनात्मक अभियान


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गर्यो बिशेष संगठनात्मक अभियान

    बागलुङ, २२ मंसिर – राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गरेको बिशेष संगठनात्मक अभियान तिव्ररुपमा अगाडि बढेको छ । बुधवार जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ ।
    प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले प्रशिक्षण मन्तव्यको क्रममा एमाले लगायतका ठुला राजनैतिक पार्टीले जनता माथि पटक पटक धोका र बिश्वासघात गरेका कारण उनीहरुका गलत नीति तथा क्रियाकलापप्रति थप सजक हुँदै जनतालाई सचेत र संगठित पार्न संगठनात्मक अभियान लिएर जनताको घर घरमा जान कार्यकर्तालाई आग्रह गरे । उनले नेकपा फुटेर देशमा अराजकता बढेकोले अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्नेमा चिन्ता व्यक्त गरे ।
    कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले प्रशिक्षण मन्तव्य राख्दै सवै एकतावद्ध भएर अगाडि बढ्नुपर्ने वताए । कार्यक्रममा राजमो केन्द्रीय सदस्य दिल बहादुर दर्जी, जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचीव संजाल शर्मा, अखिल नेपाल जनजाती सम्मेलन जिल्ला अध्यक्ष लाल बहादुर पुन, अखिल नेपाल युवक संघका जिल्ला सदस्य श्रीप्रसाद थापा, युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा लगायतले मन्तब्य राखेका थिए ।
    जैमिनी १० का राजमो अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत जैमिनी नगरपालिका वडा नं. १० का अध्यक्ष नर बहादुर पुनले स्वागत र गरेको कार्यक्रमको संचालन दान बहादुर थापाले गरेका थिए।
    यसैगरी बागलुङ वडा नं. १० भकुण्डे र वडा नं. १२ को काउलेमा जनभेटघाट तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारीले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend