९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादीले बढायो प्रदेशमा पदाधिकारी संख्या


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७८ , बिहिबार

  • माओवादीले बढायो प्रदेशमा पदाधिकारी संख्या

    काठमाडौं, २३ मंसिर – नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

    अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । बैठकले प्रदेश समितिको आकार पनि बढाएको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।

    बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग बनाएको छ भने पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको समिति बनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend