२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

देउवाका ज्योतिष रिजालले जुराएको शुभसाइतमा कांग्रेसले महाधिवेशन उद्घाटन गर्ने


जनमञ्च संवाददाता
  • २४ मंसिर २०७८ , शुक्रबार

  • देउवाका ज्योतिष रिजालले जुराएको शुभसाइतमा कांग्रेसले महाधिवेशन उद्घाटन गर्ने

    काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उदघाटन ज्योतिषले जुराएको साईतमा हुने भएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् ।

    रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सात पटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उद्घाटन गर्न लागिएको हो ।

    पञ्चांगअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशी तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको छ । यो महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग रहेको ज्योतिष रिजालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend