८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

नेपाली कांग्रेस महाधिवेशनः ओलिलाई दोष देखाउदै देउवाले भोट मागे


जनमञ्च संवाददाता
  • २४ मंसिर २०७८ , शुक्रबार

  • नेपाली कांग्रेस महाधिवेशनः ओलिलाई दोष देखाउदै देउवाले भोट मागे

    काठमाडौं, २४ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री केपी ओलिलाई दोषी देखाउदै महाधिवेशन प्रतिनिधिसंग आफुलाई भोट मागेका छन् । उनले आफ्नो सरकार बनेसँगै सबैले ओली शासनबाट मुक्ति पाएको महसूस गरेको बताएका छन् ।
    शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिको दिन हेर्नुस्, कस्तो डर त्रास थियो ? म प्रधानमन्त्री भएको भोलिपल्टै मुक्ति पाए जस्तो भयो । सबै मान्छेहरुले ओलीको शासनबाट मुक्ति पाए ।’
    अब त्यसलाई बचाउने कि नबचाउने यो महाधिवेशनले तय गर्नुपर्ने उनले बताए । कुनै किसिमको तानाशाह सरकारमा नआओस् भन्न महाधिवेशनले निर्णय गर्नुपर्ने भन्दै उनले भने, ‘आउने सरकार कांग्रेसको हुन्छ गाउँदेखि माथिसम्म, त्यो मेरो जिम्मा भयो ।’
    प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यबाट मुक्त हुनुपर्ने उनले बताए । आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई एक पल्ट जिताइदिनुस् ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend