८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

शेखरलाई रामचन्द्र र शशांकको समर्थन


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७८ , शनिबार

  • शेखरलाई रामचन्द्र र शशांकको समर्थन

    काठमाडौं, २५ मंसिर – कांग्रेसको संस्थापन इतर समूहका सभापति उम्मेदवार डा. शेखर कोइरालालाई बरिष्ठ नेता रामाचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समर्थन प्राप्त भएको छ ।

    डा.शेखरको प्यानल नै शशांक निवासमा बसेको स्रोतले जनाएको छ । पौडेलका अति निकट मानिने देवराज चालिसे, कमला पन्त र पिएल चौधरी डा. शेखरको प्यानलबाट सहमहामन्त्री उम्मेदवार बनेपछि पौडेलको समर्थन शेखरलाई खुलेको हो ।

    प्रकाशमान सिंह सहमतिमा बाधक भएकाले संस्थापन इतर समूहको साझा उम्मेदवार अब शेखर भएको नेताहरुले बताएका छन् । शेखरको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्‍यालीसहित उम्मेदवारी दर्ता गराउने जाने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend