९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सुनौलो स्वाबलम्वन बचत तथा ऋण सहकारीको १२औं साधारणसभा

सहकारीमा ‘माइनसेट’ अनुसार चल्नुपर्नेमा अध्यक्ष खड्काको जोड


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७८ , शनिबार

  • सहकारीमा ‘माइनसेट’ अनुसार चल्नुपर्नेमा अध्यक्ष खड्काको जोड

    काठमाडौं, २५ मंसिर – सुनौलो स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छबिलाल खड्काले सहकारीमा माइनसेट अनुसार चल्नुपर्नेमा जोड दिएका छन् । शनिवार सहकारीको १२औं साधारणसभाको कलंकीमा उदघाटन गर्दै अध्यक्ष खड्काले हरेक कार्य सम्मापन गर्दा माइनसेट अनुसार चल्नुपर्ने वताए ।
    ‘काम गर्दा माइनसेट महत्वपूर्ण कुरा हो, सवै यसै अनुसार चल्नु पर्छ’, अध्यक्ष खड्काले भने, ‘सहकारीलाई शेयर सदस्यको आर्थिक प्रवद्र्धनमा लगाउनु पर्दछ । यसका लागि सवै जुट्नु पर्दछ ।’

    कार्यक्रममा सहकारीका सल्लाहकार केदारनाथ गौतमले कार्ययोजना बनाउदा मिसन अनुसार चल्नुपर्ने वताउदै सहकारीको भवन निर्माण गर्नुपर्नेमा जोड दिए ।
    सो अवसरमा सल्लाहकार बुद्धि वहादुर खड्का, पत्रकार हरिनारायण गौतम, शिक्षक नारायण गौतमले सहकारी सहकार्यबाटै मजवुत हुने भएकाले शेयर सदस्यको सक्रियता र क्रियाशिलता आवश्यकता हुने वताए ।
    साधारणसभाले अध्यक्षद्धारा प्रस्तुत प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजकद्धारा प्रस्तुत लेखा प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
    अध्यक्ष खड्काको सभापतित्वमा समपन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण जिसीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend