८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

ठुला पार्टीमा विचारको बिचलन: डा. भट्टराई


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७८ , शनिबार

  • ठुला पार्टीमा विचारको बिचलन: डा. भट्टराई

    बागलुङ, २५ मंसिर – जनता समाजवारी पार्टी (जसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले, कांग्रेस र माओवादीको पार्टीको अबधि सकिएको बताएका छन् । संख्यात्मक रुपमा ठुला देखिने पार्टीहरुको विचारमा बिचलन आएको भन्दै भट्टराईले पछिल्लो समय देखिएका तामझाम निभ्ने बेलाको बत्ति भएको आरोप लगाए ।

    ‘कांग्रेस र एमालेले चाहेको व्यवस्था अहिले भएको व्यवस्था पनि होईन’ भट्टराईले अघि भने ‘माओवादीको पनि खुट्टा देखियो, ठुला पार्टी कुहिएको फर्सी भैसके, बाहिर राम्रो भित्र सकिएको ।’ एक÷दुई वर्षभित्रमै एमाले, कांग्रेस र माओवादीको अस्तित्व नरहने उनको ठोकुवा थियो ।

    ‘यी दलहरु मासलाई अंगालेर हिँडेका छन् तर विचारबिहिन छन्’ उनले भने ‘एक दुई वर्षमा हामी हाम्रो विचारलाई स्थापित गराउँछौं, अनि उनीहरु सकिन्छन् ।’ जनता समाजवादी पार्टीले शनिबार बागलुङमा आयोजना गरेको प्रथम मगराँत राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भट्टराईले अहिलेको संयतालाई पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । संबिधानले गरेका धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्रलाई संरक्षण गर्दै संघियताको पुनसंरचनाका लागि संबिधान संशोधन आवश्यक रहेको उनको भनाई थियो ।

    नेपालका लागि पहिचानसहितको संघीयता आवश्यक रहेको भन्दै भट्टराईले देशमा रहेका सबै जाति, समुदायलाई अधिकार सम्पन्न गराए मात्रै देशले परिवर्तनको आभास गर्ने बताए । ‘हामी राष्ट्रियता मजबुद होस भन्ने चाहन्छौं, पहिचान सहितको स्वायक्त संघीयताले मात्रै देशमा सबैको उन्नती हुन्छ’ उनले भने ‘सबै जाति र समुदायले अधिकार नपाउँदा देशमा फेरी द्वन्द्व हुने अवस्था आउँछ ।’

    उनले अहिले देश संघीयताका कार्यान्वयनको चरणमा रहेको भनिए पनि संघियताको ढाँचा नमिलेको बताए । जनता समाजवादी पार्टी शक्ति आर्जनमा लागेको भन्दै भट्टराईले आफ्ना मुद्दा स्थापित गराउनका लागि छिट्टै सबै प्रकारका संघर्ष गर्ने बताए । ‘शासकीय स्वरुप नै परिवर्तन गर्नुपर्छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रतिनिधित्व नहुने बेलासम्म देशमा भ्रष्टाचार मौलाईरहन्छ’ भट्टराईले भने ‘स्थिरताले मात्रै सुशासन कायम गर्नसक्छ, त्यसका लागि व्यवस्था परिवर्तन आवश्यक छ ।’

    कार्यक्रममा पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले गठबन्धनको सरकारले जनउपयोगी काम गरिरहेको बताए । आउँदो निर्वाचनसम्म गठबन्धनमा रहेर पार्टीले शक्ति आर्जन गर्ने भन्दै श्रेष्ठले निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । जसपा नेता तथा पूर्व सांसद नवराज सुवेदीले पार्टीले लिएको नीति स्थापित गराउने काममा लाग्न कार्यकर्तालाई निदेशन दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend