काठमाडौं, २५ मंसिर – नेकपा एमालेले आगामी पुस २३ गते एकैदिन देशभरका सवै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले वताए ।
त्यसैगरी सवै प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय एमालेले गरेको छ । शनिवारको बैठक आईतवार गर्ने गरी सकिएको छ । आईतवारको वैठकले स्थायी समिति, पोलिटब्यूरो गठन र मनोनयन गर्ने कार्यसूची छ ।