८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

चुनावमा ६० प्रतिशत मत लिएर आउन केन्द्रिय सदस्यहरुलाई ओलिको निर्देशन


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७८ , आइतबार

  • चुनावमा ६० प्रतिशत मत लिएर आउन केन्द्रिय सदस्यहरुलाई ओलिको निर्देशन

    काठमाडौं, २६ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत मत लिएर आउन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका छन् । भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई आईतवार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अब तुफान गतिको रुपमा अगाडि बढ्ने भएकोले कम्तीमा ६० प्रतिशत भोट पार्टीको पक्षमा लिएर आउन निर्देशन दिए ।

    स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नुपर्ने बताउदै ओलिले पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएकोले चित्त नदुखाउन आग्रह गर्दै भने, ‘आज जिम्मेवारी पाइएन भने भोलि पाइएला, कसैले चिन्ता गर्नु पर्दैन ।’

    स्थानीय, प्रदेश र संघिय चुनाव आएको भन्दै उनले जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन गर्न र पार्टी प्रवेश कार्यक्रमलाई ब्यापक बनाउनुपर्ने वताउदै भने, ‘अब हामी तुफान गतीको रुपमा अगाडी बड्छौं । सोही अनुसार कमरेडहरुको गति पनि बढाउनु पर्यो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend