९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
कांग्रेस महाधिवेशन मतदान आज

तीन मतदान केन्द्रमा ११०० बुथ, २९ वटा मतपत्र


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • तीन मतदान केन्द्रमा ११०० बुथ, २९ वटा मतपत्र

    काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मतदान सुरू हुने भएको छ। सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

    शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ सभापति पदका उम्मेदवार छन्।

    आज बिहान ८ बजेदेखि मतदान सुरू हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

    मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन्। भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ भने मत खसाल्नका लागि एक हजार एक सय बुथ तयार गरिएका छन्।

    महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्ने अनुमान छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लाग्ने देखिएको छ।

    कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छैन। कागजी मतपत्र छन्। १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन हुन गइरहेको छ।

    मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।

    उपसभापतिलगायत अन्य पदका लागि भने मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।

    सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ।

    कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा भने फेरि मतदान हुने विधानको व्यवस्था छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend