२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

एमालेमा ओलीको नेतृत्वमा गुटबन्दीले छलाङ मार्‍यो: भीम रावल


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • एमालेमा ओलीको नेतृत्वमा गुटबन्दीले छलाङ मार्‍यो: भीम रावल

    काठमाडौं, २७ मंसिर – नेकपा एमालेका नेता भीम रावलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो र स्थायी कमिटीमा मनोनयन र नेताहरूको कार्यविभाजनको विषयमा असन्तुष्टि व्यक्त गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। सोमबार एमाले बैठकले केन्द्रीय सदस्य, पाेलिटब्युरो र स्थायी कमिटीमा मनोनयन गरेको थियो।

    रावलले ट्विट गर्दै भनेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो। यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

    ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो। यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो। यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

    — Dr. Bhim Rawal (@BhimRawal179) December 12, 2021

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend