११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

ओमिक्रोन संक्रमणबाट बेलायतमा एक जनाको मृत्यु


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७८ , सोमबार

  • ओमिक्रोन संक्रमणबाट बेलायतमा एक जनाको मृत्यु

    लन्डन – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ। बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण अहिले विश्वभरि फैलिरहेको छ। तर अहिलेसम्म ओमिक्रोन संक्रमणबाट ज्यान गएको यो नै पहिलो घटना हो।

    बेलायत सरकारले ओमिक्रोन फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन संकटकाल घोषणा गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
    उनले टेलिभिजनमा कुराकानी गर्दै ओमिक्रोन तीव्ररुपमा फैलिनसक्ने कुरालाई नजरअन्दान गर्न नमिल्ने बताएका थिए।

    प्रधानमन्त्री बोरिसले १८ वर्ष माथि नागरिकलाई तत्काल बुस्टर डोज दिने घोषणा गरेका छन्। उनले वृद्धवृद्धाको हकमा भने यही महिनाको अन्त्यतिर बुस्टर डोज दिने बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend