९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सेयर बजारमा सकारात्मक सर्किट, आज कारोबार बन्द


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७८ , मंगलबार

  • सेयर बजारमा सकारात्मक सर्किट, आज कारोबार बन्द

    काठमाडौं, २८ मंसिर – सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको सेयर बजारमा कारोबार सुरु भएको १२ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको हो ।

    दिउँसो १२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर एक बजेर १८ मिनेटमा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । नेप्से १३७.१८ अंकले बढेर  २४१८.८५ अंकमा बन्द भएको छ ।

    कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा चार प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनको लागि कारोबार बन्द हुन्छ । नेप्से ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार बन्द भएको छ ।

    शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रूप’ भएको टिप्पणी गरेका थिए । त्यसपछि आइतबार र सोमबार उच्च गिरावट भएको बजारमा आज भने ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।

    नेप्सेमा आज कारोबार बन्द हुँदा एक अर्ब ८४ करोडको कारोबार भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend