८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

महानगरको अनुदानमा फेवातालमा एक लाख माछाको भुरा छाडियो


जनमञ्च संवाददाता
  • २९ मंसिर २०७८ , बुधबार

  • महानगरको अनुदानमा फेवातालमा एक लाख माछाको भुरा छाडियो

    पोखरा, २९ मंसिर – पोखराको फेवातालमा मंगलबार एकलाख माछाको भुरा छाडिएको छ। सिल्भरकार्प, बिगहेड र रहु प्रजातिका १ लाख माछाका भुरा छाडिएको पोखरा महानगरापालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए।
    माछाको भुरा छाड्ने कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले तालको स्थानीय जातका माछा लोप हुने क्रममा रहेकोले स्थानीय जातका माछा संरक्षणमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन्। तालका माछा संक्षणका लागि करेन्ट लगाएर, विष प्रयोग खरेर माछा मार्ने नहुने भन्दै यस्ता गतिविधि रोक्न स्थानीय जुट्नु पर्ने बताइन्।  

    ९ तालको सहर पोखरा माछाबाट आत्मनिर्भर हुने गरी अघि बढ्न महाशाखाले किसानलाई माछापाल्न अनुदान दिएको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। फेवातालको सिमसार संरक्षण समेत हुने गरी महानगरपालिकाले फेवा फाँटमा माछा पालन गर्न यस वर्ष किसानलाई १५ लाख अनुदान दिएको र माछापालनमा किसान अग्रसर भइरहेको बताए।

    तालको माछा संरक्षणमा लाग्न जलारी समूदायलाई अनुरोध गर्दै महाशाखा प्रमुख कडरियाले पोखराको माछालाई पोखरेली ब्राण्डका रुपमा प्रवर्द्धन महानगरपालिकाले गर्ने बताए। फेवाताल किनारमा फेवातालकै माछा बिक्रि गर्न उनले सुझाउँदै बाहिरका माछा बिक्री गर्नु परे ग्राहकलाई नढाटी जहाँको माछा हो त्यहीको हो भनेर बिक्री गर्न पनि उनले अनुरोध गरे।

    हर्पन फेवा मत्स्य सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर जलारीले फेवातालका माछा वर्षामा फेवाको बाँध खोल्दा वर्षेनी ठूलो संख्यामा बगेर जाने गरेकोले माछा छेक्ने जाली राख्न अनुरोध गरे। तालमा सबै प्रजातिका माछा कम हुँदै गएको उनले सुनाए। स्थानीय र अन्य जातका माछा संरक्षण गर्न पनि ताल प्रदूर्षण हुने क्रम रोक्नु पर्ने, बाँधमा जाली राख्नु पर्ने, तालको सिमसार र खोला अतिक्रमण रोक्नु पर्नेमा उनले जोड दिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend