काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि सुरु हुने केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
सुरूमा पदाधिकारीको मत गणाना थाल्ने तयारी छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने उनले बताए ।सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने छ ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतादन भएको थियो । जसमा शेरबहादुर देउवा विजयी भए ।