२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

रामचन्द्रको आशंका: ‘बीचमै संसद् अन्त्य हुन सक्छ’


जनमञ्च संवाददाता
  • २९ मंसिर २०७८ , बुधबार

  • रामचन्द्रको आशंका: ‘बीचमै संसद् अन्त्य हुन सक्छ’

    काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बीचमै अन्त्य गर्न सक्ने आशंका गरेका छन्। बुधबार बिहान फेसबुकमार्फत उनले देउवाको नाम नलिई संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरेको दाबी गरेका छन्।

    उनले भनेका छन्, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्रिनेछ।’ उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन ध्यानाकर्षण गराएका छन्।

    पौडेलले एमालेले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने दुस्प्रयास गरिरहेको टिप्पणी गरेका छन्। उनले भने, ‘६ महिनाको समयमा दुई दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्। ’ देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भएको उनको बुझाई छ। पौडेलले समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको बताएका छन्।

    संघीय संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख अग्नि सापकोटाको भूमिका माथि प्रश्न उठाउँदै अघिल्लो अधिवेशनदेखि नै अवरोध गरिरहेको एमालेले त्यसलाई निरन्तरता दिएको हो। पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म अवरोध जारी राख्ने अडान एमालेको छ। सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेको छ। एमालेको अवरोधबीच सभामुख सापकोटाले संसद् बैठक सञ्चालन गरेका थिए।

    कांग्रेसमा अहिलेको अस्वस्थ प्रतिस्पर्धा चलिरहेको दाबी गर्दै  पौडेलले कांग्रेसको नयाँ नेतृत्वका लागि जारी मतदान प्रक्रियामा भाग लिएका थिएनन्। उनी संस्थापन इत्तरमा सभापतिका सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि १४ औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट समेत बाहिरिएका थिए।

    जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा देउवाले दोस्रो पटक जितेका हुन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार पाँचौं पटक प्रधानमन्त्री रहेका देउवाले २ हजार ७ सय ३३ (५९.२२ प्रतिशत) मत प्राप्त गरेका छन्। सभापतिका अर्का प्रत्यासी डा. शेखरप्रसाद कोइरालाले १ हजार ८ सय ५५ (४०.७७ प्रतिशत) मत प्राप्त गरेका छन्। ४ हजार ६ सय २३ मत खसेकामा ३५ वटा बदर भएको समितिले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend