९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला


जनमञ्च संवाददाता
  • २९ मंसिर २०७८ , बुधबार

  • माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला

    सुर्खेत, २९ मंसिर – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन्। माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित २११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित भएकी हुन्।

    माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो। त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिए।

     

    पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेकी रुकुमपश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेशसभा सदस्य हुन्। अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ। अध्यक्ष आचार्यका अनुसार प्रदेश समितिमा केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको छ।

    माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुमपश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन्। केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend