९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देउवासँग सहकार्य र संघर्षको सम्बन्ध: गगन थापा


जनमञ्च संवाददाता
  • २९ मंसिर २०७८ , बुधबार

  • देउवासँग सहकार्य र संघर्षको सम्बन्ध: गगन थापा

    काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापतिमा दोस्रोपटक निर्वाचित भएका शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुने बताएका छन्। १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा  पराजित भएका डा. शेखर कोइरालाद्वारा प्रज्ञा भवनमा आयोजित महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    प्रकाशमान सिंह र विमलेन्द्र निधितर्फ लक्षित गर्दै उनीहरूले अन्तिम समयमा आएर देउवालाई समर्थन गर्ने स्थितिमा कसरी पुगे भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताउँदै थापाले भने, ‘मध्यरातसम्म यो नेतृत्व भयो भने डुब्छ भन्नेहरू रातारात यही नेतृत्व रहेन भने सकिन्छ भन्नेमा पुगे। त्यसको जवाफ दिनुपर्छ। अब देउवासँग हाम्रो  सहकार्य र संघर्षको सम्बन्ध रहन्छ।’

    चिसो स्याँठमा पनि कोटमाथि ओभरकोट थपेर सभापति देउवाले एकाएक उमेदवारसँग मत मागेको भन्दै थापाले अगाडि भने, ‘त्यत्रा घगडान नेताहरूले विज्ञप्ति निकाल्दा पनि उहाँलाई हारिन्छ कि भन्ने डरचाहिँ रहेछ ।’ नामको पछाडि कोइराला झुन्डिँदैमा शेखर कोइरालालाई  अर्को रूपमा हेरिएको उनको भनाइ थियो।

    उनले अगाडि भने, ‘गणेशमान, विपी र महेन्द्रनारायण निधि कसैको प्राइभेट पोपर्टी होइन, हाम्रा पनि बा हुन् सम्पत्ति हुन्। कम्युनिस्ट नमिलेको अवस्थामा मात्रै कांग्रेसले चुनाव जित्न सक्छ। चुनावमा जितको ग्यारेन्टी देउवाले कसरी लिन सक्नुहुन्छ र भोलि कम्युनिस्ट मिल्दैनन भन्ने ग्यारेन्टी के ? कांग्रेसलाई त एकल रूपमा चुनाव जित्न सक्ने बनाउनुपर्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend