८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आगोले जलेर दिदी-बहिनी र वृद्धको मृत्यु


जनमञ्च संवाददाता
  • १ पौस २०७८ , बिहिबार

  • आगोले जलेर दिदी-बहिनी र वृद्धको मृत्यु

    काठमाडौं, १ पुस – सर्लाहीमा आगोले जलेर दुई बालिका र एक वृद्धसहित तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कबिलासि नगरपालिका ७ सिरसियाका जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगान्धी कुमारीको मृत्यु भएको हो।

     

    त्यसैगरी, मलंगवा नगरपालिका -६ खुटौनाको ७० वर्षीय वृद्ध नसिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बुधबार राति सवा ९ बजेतिर विद्युत सर्ट भइ आगलागी हुँदा चमारको फुसको कच्ची घरमा आगलागी भएको थियो।

    घरमा बस्दै आएकी छोरी लक्ष्मी र सोगान्धी जलेर गम्भीर घाइते भएकी थिइन् । दुबैजनाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

    समान्य घाइती भएकी चमारकै अर्की छोरी ५ वर्षीय सुधा कुमारीको स्थानीय मेडिकलमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिब २५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो ।

    आगलगीमा चमारको करिब ५० हजार बराबरको क्षति भएको छ । त्यसैगरी जाडोबाट बच्नका लागि परालको घुर बाली आगो ताप्दै गरेका नासिरको कपडामा एक्कासी आगो सल्किदा ज्यान गएको प्रहरीले जनाएको छ ।

    नासिर करिब साढे ११ बजेतिर घरभन्दा ५ सय मिटर पर आगो ताप्न गएका थिए । कपडामा आगो लागेपछि छटपटाउँदै उनी छेउकै नालीमा गएर खसेका थिए । प्रहरीको गस्ती टोलीले नालीमा खसेको अवस्थामा नासिरको उद्धार गरेका थिए ।

    आगोले पोलेर गम्भीर घाइते भएका नासिरलाई प्रहरीले उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । उनको उपचारको क्रममा बिहीबार बिहान सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend