९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
आज अन्तराष्ट्रिय आप्रवासन दिवस

वैदेशिक रोजगारीले रित्तिए गाउँ, नासियो सामाजिक पूँजी


जनमञ्च संवाददाता
  • ३ पौस २०७८ , शनिबार

  • वैदेशिक रोजगारीले रित्तिए गाउँ, नासियो सामाजिक पूँजी

    बागलुङ, ३ पुस -आज २१ औं अन्तराष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारीक बिचलनले गाउँहरुमा सन्नटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशिल जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुल्हो बलेको छ ।

    एक साताअभि बागलुङ नगरपालिकाले खहरे आधारभुत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन ग¥यो । बागलुङ नगरपालिका–३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं. १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो । स्थानीय सरकार गठनपछि घर छेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह । आँफैले जिताएका नगरप्रमुख र वडाध्यक्षहरु ।

    स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जो कोहीको इच्छा थियो ‘कार्यक्रममा पुगौं ।’
    भयो पनि त्यस्तै, भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे । तर त्यहाँ युवा देखिएनन् ।

    खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवाहरु पनि विदेश पलायन भैसकेका छन्भने केही युवा सहर पसेका छन् । विद्यालय र खेल मैदानको स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवाहरुलाई त सम्झे तर उनका कुरा सुन्ने बृद्ध, बयस्क र बालबालिका मात्रै थिए ।

    कि त ४० वर्ष उमेर कटेका बयस्क, बृद्धहरु थिए कि त सानो कक्षामा पढ्ने बालबालिका । सरकारी जागिरेबाहेक युवा कार्यक्रममा देखिएनन् ।

    देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगार मुलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैन् । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किँदैन् । त्यसैले गाउँ रित्तिएका छन् । बृद्ध र बालबालिकाले मात्रै गाउँहरु धानेका छन् ।

    गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म । भेला बैठक हुन वा विकासे काम, आजभोली युवाहरुको सहभागिता निकै कम छ । विदेशीने प्रचलन निकै बढेकाले गाउँमा युवाहरु देख्न कठिन हुन थालेको बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् । ‘गाउँ टुथलेस र युथलेस भएका छन्’ रेग्मीले भने ‘उत्पादनशिल जनशक्तिको अभावमा हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम बिकिरहेको छ ।’

    आप्रवासनले विप्रेषण भित्राएको भएपनि नेपाली समाजमा गहिरो गरि सामाजिक पूँजीको नाश भैरहेको वैदेशीक रोजगार

    बोर्डको ठम्याई छ । अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाहरुले अनाहकमा ज्यान गुमाईरहेका छन् । ‘तथ्यांक हेर्दा कहालीलाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको संख्या हेर्दा उदेकलाग्दो छ’ रेग्मी भन्छन् ‘स्वरोजगारीलाई जोड दिनु आवश्यक छ ।’

    बोर्डको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए । कोभिड–१९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाहरुको त अझै पुष्ट तथ्यांक छैन् । ५ जना युवाहरु अंगभंग भएर फर्किएका छन् । उनीहरुको काम गरेर खानसक्ने अवस्था छैन् ।

    ‘आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो’ सामाजिक संस्था बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा भन्छन् ‘एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरी जानु मलाई त्यहि चकलेट, ट्याब, नाना र सामान ल्याईदिनु ।’

    आप्रबासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरकोवालाको भनाई छ । वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमुलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैह्र सरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर आप्रवासनका कारण भैरहेको आर्थिक, सामाजिक, मानसिक र मानविय क्षतिको न्युनिकरण आवश्यक छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend