९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नेपाली कांग्रेसको १४औं महाधिवेशन

केन्द्रीय सदस्य खुलातर्फको मतगणना ११ ठाउँमा


जनमञ्च संवाददाता
  • ३ पौस २०७८ , शनिबार

  • केन्द्रीय सदस्य खुलातर्फको मतगणना ११ ठाउँमा

    काठमाडौं, ३ पुस – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ ।

    आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना गर्न भइरहेको छ । बिहान साढे ११ बजेबाट मतगणना सुरु भएको छ । सुरुमा तीन ठाउँबाट सुरु गरिएको मतगणना अहिले ११ ठाउँमा भइरहेको छ ।

    दिउँसो ३ बजेसम्म प्रत्येक ठाउँमा ५०/५० का दरलले मतगणना भएको निर्वाचन समितिले जनाएको छ । १०० मतगणना भएपछि सार्वजनिक गरिने समितिले बताएको छ । एकपटकमा  ११०० मतकाे परिणाम सार्वजनिक हुनेछ ।

    खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । ३५ सदस्यका लागि ९९ जना प्रतिष्पर्धामा छन् ।

    पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend