९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीको अध्यक्षमा बसन्ता निर्वाचित


जनमञ्च संवाददाता
  • ३ पौस २०७८ , शनिबार

  • पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकीको अध्यक्षमा बसन्ता निर्वाचित

    बागलुङ, ३ पुस – नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको पाँचौ अधिवेशनले बसन्ता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ ।
    तनहुँको खैरेनीटारकी श्रेष्ठको अध्यक्षतामा गठित समितिमा पोखराका अर्जुन थापा र नवलपुरका धुूवराज पाण्डे उपाध्यक्षमा चयन भएका छन् । सचिवमा पोखराका भीमकुमार सुनार, सहसचिवमा पोखराकै अर्जुन मरासिनी र कोषाध्यक्षमा बागलुङका टेकप्रसाद सापकोटा चयन भएका हुन् ।
    समितिको सदस्यमा म¥याङदी शाखाका राजेन्द्र बस्नेत र राम शरण कोइराला, पोखराका टिकाराम सापकोटा र कमल पौडेल तथा पर्वतकी सविता सुवेदी रेग्मी चयन भएका हुन् । संघले बागलुङ, पर्वत र म्याग्दीलाई धौालागिरि शाखा तथा लमजुङ, तनहुँ र गोरखालाई म¥र्याङदी शाखाको रुपमा लिने गरेको छ ।
    निर्वाचित समितिले गैर कानूनी रुपमा खुलेका औषधी पसल बन्द गर्ने र लाइसेन्स बिना पसल चलाउन नदिने गरी अभियान चाल्ने प्रतिवद्धता जनाएको छ ।
    गण्डकी प्रदेशमा रहेका ३ सय पसलमध्ये झन्डै एकसय पसल गैरकानुनी रुपमा चलेको श्रेष्ठले बताइन् । ‘एउटा मानिसमा गलत औषधी प्रयोग भए एक जनालाई मात्रै असर गर्छ, तर एउटा पशुमा गलत औषधी प्रयोग भए धेरै मानिसको ज्यान समेत जोखिममा पर्छ,’ उनले भनिन्, ‘दर्ता गरेर चलाउने र लाइसेन्स लिने विषयमा पालिकाहरुले पनि कडाइ गर्नुपर्छ । अब संघले त्यो अभियान थाल्ने समेत उनले बताइन् ।
    अधिवेशन शुक्रबार र शनिबार बागलुङ बजारमा भएको थियो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले पशुपंक्षी र मानव स्वास्थ्यमा समेत असर पर्ने क्षेत्र भएकोले औषधीको बिक्रीवितरण गर्दा सबैले सचेतना अपनाउनुपर्ने बताएका थिए । उनले गण्डकी सरकार कृषि तथा पशुपालन व्यवासयलाई प्रवद्र्धन गर्न र उनीहरुको व्यवस्थापन तथा स्वास्थ्यको लागि सचेत रहेको पनि बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend