२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
नेपाली कांग्रेसको १४औं महाधिवेशन

कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांक फराकिलो मतान्तरले अगाडि, कसको मत कति ?


जनमञ्च संवाददाता
  • ४ पौस २०७८ , आइतबार

  • कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांक फराकिलो मतान्तरले अगाडि, कसको मत कति ?

    काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको खुलातर्फको मतगणना जारी रहँदा नेता शशांक कोइराला अगाडि रहेका छन् । २३९३ मतगणना हुँदा उनले सबैभन्दा वढी मत पाएका छन् ।

    चौधौं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यका लागि खसेकोमध्ये करिब आधा अर्थात् २३९३ मत गनेर सकेपछि आइतवार बिहान ९ बजेसम्मलाई मतगणना रोकिएको छ।

    खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुन्न भएको प्रतिस्पर्धामा ९९ जना सहभागी छन्। यसअन्तर्गत अहिलेसम्मको परिणाममा शशांक कोइराला पहिलो नम्बरमा र एनपी साउद दोस्रो नम्बरमा छन्।

    त्यस्तै देउवानिकट एनपी साउदले पनि १५३८ मत ल्याउँदै दोस्रो नम्बरमा छन्।

    उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले १५०७ मत ल्याएका छन्। देउवानिकट अर्का नेता रमेश लेखकले १४५१ मत ल्याएका छन्।

    खाँण पनि देउवा प्यानलबाट महामन्त्रीका दाबेदार थिए। तर कृष्णप्रसाद सिटौलासँगको तालमेलले साउद र खाँणहरु पछि हट्नु परेको थियो।

    सञ्चारमन्त्री समेत रहेका देउवानिकट अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले १४२३ मत ल्याएका छन्।

    अर्कातिर नेता शंकर भण्डारीले पनि १४३७ मत ल्याएका छन्। यस्तै रामहरि खतिवडाले पनि १३९५ ल्याएका छन्।

    उदय शमशेर जबराले १४४५ र अर्जुननरसिंह केसीले पनि १३८३ मत ल्याएका छन्।

    कसको मत कति?

    १) अजयबाबु शिवाकोटी- ९०९
    २) अर्जुननरसिंह केसी- १३८३
    ३) उदय शमशेर राणा -१४४५
    ४) एनपी साउद-१५३८
    ५) उमेशजंग रायमाझी-८९१
    ६) कुन्दनराज काफ्ले-११४३
    ७) कृष्णकिशोर घिमिरे-९२९
    ८) केदार कार्की-८१९
    ९) गंगाधर तिवारी-७६२
    १०) गणेश लामा-८८८
    ११) गुरु बराल-१०३६
    १२) गोपालमान श्रेष्ठ -१३२३
    १३) गोपाल दहित-९३१
    १४) गोविन्द भट्टराई-१२७७
    १५) गोविन्द राज पोखरेल-९६२
    १६) जीतजङ्ग बस्नेत-१२८३
    १७) जिप छिरिङ्ग लामा-१३१२
    १८) दिनेश कोइराला -९२५
    १९) दीपक गिरी-११७४
    २०) दिलेन्द्र प्रसाद बडू-१२३१
    २१) नैनसिंह महर-१२८३
    २२) पद्मनारायण चौधरी-११३७
    २३) बल बहादुर केसी-१२३३
    २४) बालकृष्ण खाँण-१५०७
    २५) मंगलप्रसाद थारु- ८७१
    २६) मदनबहादुर अमात्य- ९०८
    २७) मनोजमणि आचार्य-८५४
    २८) ई. मोहन आचार्य-९१३
    २९) मोहनबहादुर बस्नेत-१२०२
    ३०) यज्ञबहादुर थापा-८००
    ३१) रमेश लेखक-१४५१
    ३२) डा.रामशरण महत-१२८१
    ३३) राजीव ढुंगाना-९३५
    ३४) रामहरि खतिवडा-१३९५
    ३५) वीरेन्द्रकुमार कनौडिया-९१९
    ३६) शंकर भण्डारी-१४३७
    ३७) शम्भुलाल श्रेष्ठ-७९१
    ३८) सञ्जयकुमार गौतम-१००१
    ३९) सुनिलबहादुर थापा-१२४६
    ४०) डा.शशांक कोइराला-१९७१
    ४१) सुरेन्द्रराज पाण्डे-११५१
    ४२ हरिप्रसाद नेपाल-७८७
    ४३) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
    ४४) जनकराज गिरी-७४४
    ४५) तीर्थराज खनियाँ-७८०

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend