९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कांग्रेसको खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते (मत परिणाम सहित)


जनमञ्च संवाददाता
  • ४ पौस २०७८ , आइतबार

  • कांग्रेसको खुला केन्द्रीय सदस्यमा देउवाको वर्चश्व, कोइराला पक्षका ९ जनाले जिते (मत परिणाम सहित)

    काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।

    ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

    खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाएका छन् । एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

    शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।

    देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेको व्यवसायी जीपछिरिङ लामा र गणेश लामासमेत निर्वाचित भएका छन्। लामा विजयकुमार गच्छदार निकट हुन्। गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भए।

    शनिबारबाट थालिएको मतगणना आइतबार साँझ केही बेरअघि  सकिएको हो । परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी छ ।
    हेर्नुहोस निर्वाचित सदस्य र मत परिणामः

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend