९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सर्वदलीय बैठक निष्कर्षविहीन


जनमञ्च संवाददाता
  • ४ पौस २०७८ , आइतबार

  • सर्वदलीय बैठक निष्कर्षविहीन

    काठमाडौं, ४ पुस – प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा एमसीसीको विषयलाई लिएर विवाद भएको छ। एमसीसीका विषयमा सत्ता गठबन्धका दलहरुबीचमै असहमति भएपछि आइतबारको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो।

    बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए। उनको प्रस्तावमा माओवादी केन्द्र र नेकपा एसकाका नेताहरुले विरोध जनाएका थिए।

    यसअघि बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेस गर्ने समझदारी गरेको थियो।

    यसैबीच, सर्वदली बैठकले नेकपा एमालेलाई सम्वादमा आउनु आह्वान गरेको छ। बैठकले संसद अवरोध नगरी निकासको वातावरण सिर्जना गर्न एमालेलाई आग्रह गरेको हो। आजको बैठकमा एमालेले सहभागिता जनाएको थिएन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend