८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेसको खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको मत कति ? (मत विवरणसहित)


जनमञ्च संवाददाता
  • ५ पौस २०७८ , सोमबार

  • कांग्रेसको खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको मत कति ? (मत विवरणसहित)

    काठमाडौं, ५ पुस – नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यतर्फ ९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।  डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट एक जना मात्रै खुला महिलातर्फ केन्द्रीय सदस्य विजयी भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. डिला संग्रौला पन्तले सर्वाधिक मत ल्याएकी छन् । उनले २ हजार ८ सय ८५ मत ल्याइन् ।

    दोस्रो स्थानमा रहेकी कांग्रेस सचेतक पुष्पा भुसालले २ हजा ७ सय १८ मत पाइन् । तेस्रो स्थानमा सभापति देउवाकी पत्नी डा. आरजु राणा परिन् । उनले २ हजार ५ सय ३६ मत ल्याइन् ।

    चौथो स्थानमा अम्बिका बस्नेत , पाँचौ स्थानमा ईश्वरी न्यौपाने, छैटौ स्थानमा सरिता प्रसाइँ, सातौ स्थानमा रमा कोइराला पौडेल, आठौं स्थानमा सुशीला ढकाल आचार्य र नवौं स्थानमा रंगमती शाही निर्वाचित भइन् ।

    निर्वाचित नौ जनामध्ये सरिता प्रसाईँ शेखर पक्षकी हुन् भने अरु सबै देउवा पक्षका हुन् । ९ जना निर्वाचित हुने खुला महिला केन्द्रीय सदस्यतर्फ ३० जना उम्मेदवार रहेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend