९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादीलाई विधानमा ‘वर्ग संघर्ष’ सहितका शब्द राख्न निर्वाचन आयोगको रोक


जनमञ्च संवाददाता
  • ५ पौस २०७८ , सोमबार

  • माओवादीलाई विधानमा ‘वर्ग संघर्ष’ सहितका शब्द राख्न निर्वाचन आयोगको रोक

    काठमाडौं, ५ पुस – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)को अन्तरिम विधानमा रहेका केही शब्दावली राख्न रोक लगाएको छ । माओवादी केन्द्रले ‘अन्तरिम विधान २०७८’ मा राखेको प्रस्तावनामा उल्लेखित ‘वर्ग संघर्ष, साम्यवादी दिशामा अघि बढ्नु, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा’ लगायतका शब्दावली नेपालको संविधानको प्रस्तावना र धारा ५६ को उपाधारा (६) समेतको प्रतिकूल हुने आयोगको ठहर छ ।

    आयोगले ती शब्दावलीहरू अध्यावधिक नगर्ने निर्णय गरेको हो । आयोगले उक्त विषय अभिलेखिकरण गर्न नसक्ने जानकारी माओवादी केन्द्रलाई पठाएको छ । माओवादीले हालै अन्तरिम विधान अध्यावधिकका लागि आयोगलाई बुझाएको थियो । उक्त विधान राष्ट्रिय सम्मेलनबाट संशोधन हुने बताइएको छ । माओवादीले ती शब्दहरू प्रयोग गर्दै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend