८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

माओवादीमा नेतृत्व छनौट गर्न पहिलोपटक चुनाव, बागमती अध्यक्षमा सरल सहयात्री


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • माओवादीमा नेतृत्व छनौट गर्न पहिलोपटक चुनाव, बागमती अध्यक्षमा सरल सहयात्री

    काठमाडौं, ६ पुस – नेकपा माओवादी केन्द्रले बागमी प्रदेश नेतृत्व चयनका लागि गरेको चुनावबाट सरल सहयात्री अध्यक्षमा विजयी भएका छन्। कुनै पनि तहको नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गरेको यो पहिलोपटक हो।

    बागमती प्रदेश नेतृत्व चयन गर्न सोमबार राति सम्पन्न मतदानको आज (मंगलबार) बिहान ३ बजेतिर सार्वजनिक भएको हो।

    सार्वजनिक नतिजाअनुसार प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराउँदै सहयात्री माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष बनेका हुन्।

    गौतमलाई ७६ मतले उछिन्दै सहयात्रीले अध्यक्ष पद जितेका हुन्। विजयी सहयात्रीले १६२ मत ल्याए भने गौतमले ८६  मत। जम्मा २ सय ६१ भोट खसेको थियो।

    तल्लो तहदेखि सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले बागमती अध्यक्ष पदमा भने सहमति जुटाउन सकेन। गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको बागमती प्रदेश सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति हुन सकेको थिएन। जति प्रयास गर्दा सहयात्री र गौतमले दाबी नछोडेपछि पदाधिकारीको निर्वाचन गरिएको हो।

    निर्वाचनबाट बागमती उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन्। अन्य ७ उम्मेदवारलाई पछि पार्दै यी तीन जना विजयी भएका हुन्।

    यसैगरी, सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ विजयी भएका छन्। सचिवका प्रतिस्पर्धीद्वय रामचन्द्र अधिकारी र धर्म डंगोललाई हराउँदै थिङ चुनिएका हुन्।

    यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्ष संगीता भट्टराई भएकी छन्। यही पुस ११–१३ गते माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदै छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend