८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आकर्षक बनाईदै बागलुङको समीक्षालय पार्क


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • आकर्षक बनाईदै बागलुङको समीक्षालय पार्क

    बागलुङ, ६ पुस – वीरेन्द्र ऐश्वर्य पार्कको नाउँमा चिनिएको समीक्षालय पार्कलाई व्यवस्थित बनाइने भएको छ । झन्डै १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको पार्क अब व्यवस्थापन गरेर नयाँ बनाउन लागिएको हो ।

    बागलुङ नगरपालिकाले यो पार्कलाई व्यवस्थित बनाएर नगरभित्रको आर्कषक गन्तव्य बनाउन लागेको नगरप्रुमख जनकराज पौडेलले बताए । त्यसका लागि नगरपालिकाले डिपिआर बनाइसकेको छ । चालु वर्षभित्रै काम सक्ने लक्ष समेत राखेको पौडेलले जानकारी दिए ।

    २०६२/०६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मुर्ती ढालेपछि यो पार्क बेथितिको रुपमा रहेको थियो । सरसफाइ नगर्ने, खुला र अव्यवस्थित बनाउँदा फोहोर थियो । लागूऔषध प्रयोगकर्ताले फालेका सुइदेखि अन्य प्लाष्टिकजन्य फोहोर समेत पार्कमा भेटिन्थ्यो । पछिल्लो समय केही फोहोर कम भएपनि व्यवस्थापन थिएन । तर गतवर्ष पार्कको दक्षिण किनारामा रहेको ट्राफिक कार्यालय भत्काएपछि तत्काल पार्क व्यवस्थापन गर्ने योजना थियो ।

    चालु वर्षको बजेटमा एए कन्स्ट्रक्सन प्रालिले ९६ लाख रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको हो । नगरपालिकाले व्यवस्थापनको काम गरेको छ । ‘पानी नजम्ने, आर्कषक र व्यवस्थित पार्क बन्नेछ’ इन्जिनियर मनोज शर्माले भने, ‘यो पार्कले नगरकै पहिचान झल्कने बनाउने योजना छ ।’ पार्क व्यवस्थापन गरेपछि फूल रोप्ने, बस्ने स्थान र बजारकै गौरव गर्न लायक पार्क बन्ने वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए ।

    ‘बाहिरबाट आएका मानिसले पनि यो पार्क हेरेर बागलुङको पहिचान बुझ्न सकुन् भन्ने लक्ष राखिएको छ’ आचार्यले भने, ‘यो पार्क व्यवस्थित भयो भने प्रवेश शुल्क राखेपनि चलाउन सकिन्छ ।’ यसअघिको मुर्तीहरु फालेपछि खाल्डामा जमेको पानी समेत दुर्गन्धित थियो । बालबालिकाहरु सहजै प्रवेश गरेर खेल्दा ती खाडलमा पर्ने जोखिम समेत थियो ।

    केही समय यहाँको छाप्रोमा वडा कार्यालय समेत संचालनमा आयो । अहिले वडा कार्यालय पुरानो जिविसको भवनमा सरेको छ । त्यसपछि उक्त छाप्रोमा एउटा तालिम हल बनाइएको छ । एकातर्फ ट्राफिक प्रहरीको अस्थायी कार्यालय राखिएको छ । तर व्यवस्थित पार्कसँगै शौचालय पनि राख्नुपर्ने स्थानीयले बताए ।

    ‘पार्क राम्रो बनाउने तयारी भएको रहेछ, तर सार्वजनिक शौचालय पनि बनाउन आबस्यक छ’ बानपा २ का व्यवसायी संजय श्रेष्ठले भने, ‘सवारी साधनको पार्किङसमेत व्यवस्थापन गर्न सकियो भने बागलुङ बजारको मुहार फेरिन्छ ।’ अहिले पनि बजार क्षेत्रमा पार्किङ अभाव छ । दुई वर्षदेखि साताको तीन/तीन दिन सडकको दायाँ र बायाँ सवारी पार्किङ गराउने व्यवस्थापन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend