२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित
    कांग्रेस केन्द्रीय सदस्यको मत गन्दै ।

    काठमाडौं, ६ पुस – नेपाली कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार सकिएको मतगणनाबाट मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन् ।

    मधेसी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् । मधेसी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएकी छन् ।

    यस्तै प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् । दुई सदस्यका लागि ७ जनाले उम्मेदवारी दिएका थिए । अर्याल २३८९ र कोइराला २१५२ मतका साथ निर्वाचित भएका छन्

    प्रदेश १ कै महिलातर्फ महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छन् । एक सदस्यका लागि तीन जनाले उम्मेदवारी दिएका थिए, जसमा लिम्बु २२२९ मतका साथ निर्वाचित भएकी हुन् ।

    बागमती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । दुई सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । रञ्जित २४१९ र केसी २१२९ मतका साथ निर्वाचित भएका छन् ।

    बागमती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी निर्वाचित भएकी छन् । एक सदस्यका लागि तीन जनाले उम्मेदवारी दिएका थिए, जसमा केसी २३४९ मतका साथ निर्वाचित भएकी हुन् ।

    मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन् । दुई केन्द्रीय सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका थिए, जसमा रज्जाक २३९० र सतार २२२८ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    महिलातर्फ जावेदा खातुन जागा निर्वाचित भएकी छन् । एक सदस्यका लागि ६ जना चुनावी मैदानमा थिए, जसमा जागा १९०० मतका साथ विजयी भएकी हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend