८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

पोखराका विश्वासराज त्रिविवि एमफिलमा सर्वोत्कृष्ट


जनमञ्च संवाददाता
  • ७ पौस २०७८ , बुधबार

  • पोखराका विश्वासराज त्रिविवि एमफिलमा सर्वोत्कृष्ट

    पोखरा, ७ पुस – पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए ।

    काठमाडौंमा सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनी विभुषित भएका हुन् । समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए । प्रधानमन्त्रीले समारोहमा पौडेल सगै अन्य २७ जना विद्याथीहरुलाई विभिन्न पदक प्रदान गरेका थिए ।

    पोखरा महानगर-२५, हेमजा मिलनचोकस्थित साउथरका स्थानी ३४ वर्षका पौडेल स्व. गोविन्द पौडेल र मन पौडेलका कान्छा छोरा हुन् । पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिबिए र काठमाडौं पुरानो बानेश्वर स्थित एपेक्स कलेजबाट एमबिए उत्तीर्ण गरेका थिए । हाल यनी पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए कार्यक्रम संयोजक छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend