२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

लायन्सको दशौं महाधिवेशन ९ माघमा पोखरामा


जनमञ्च संवाददाता
  • ७ पौस २०७८ , बुधबार

  • लायन्सको दशौं महाधिवेशन ९ माघमा पोखरामा

    पोखरा, ७ पुस – लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहनेगरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

    समितिको सहसंयोजकमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन थापा, लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सिना र लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष पूजन शाक्य छन् ।

    समितिको सदस्य सचिवमा लायन्स क्लब अफ पोखरा लेखनाथ मधुसुदन कोइराला, कोषाध्यक्षमा लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका पूर्व अध्यक्ष राजु श्रेष्ठ छन् । सदस्यहरुमा पोखरा सृजना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारी र पोखरा फेवा फुलवारीका संस्थापक अध्यक्ष शंकर बहादुर जी रहेका छन् ।

    साथै, सल्लाहाकारमा पोखरा गण्डकीका पूर्व अध्यक्ष विमला श्रेष्ठ र पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम स्याङपो छन् ।
    महाधिवेशन माघ २९ गते पोखरा नयाँ बजारस्थित पर्दशनी केन्द्रमा हुने आयोजकले जनाएको छ । महाधिवेशन सफल पार्न विभिन्न ४९ वटा विभिन्न उपसमितिहरु बनाइएको छ ।

    पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने मूल आयोजक समितिका संयोजक डम्बर सिंह गुरुङले जानकारी दिए । देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने छ, र पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने उनले बताए ।

    हाल नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टमा सन् २०२२ पछि १५ वटा डिष्ट्रिक्ट हुनेछन् । मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालमा ए वान, ए टु, बि वान र बि टु कायम रहेका थिए । यस दशौं महाधिवेशनबाट डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा ५ वटा डिष्ट्रिक्ट हुनेछन् । जस्मा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुने दशौं महाधिवेशनका मूल आयोजक समितिका सदस्य–सचिव मधुसुदन कोईरालाले जानकारी गराए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend