११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

नेप्से ९२ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?


जनमञ्च संवाददाता
  • ७ पौस २०७८ , बुधबार

  • नेप्से ९२ अंकले बढ्यो, कसले कमाए, कसले गुमाए ?

    काठमाडौं, ७ पुस – सेयर कारोबारको चौथो दिन नेप्से परिसूचक ९२.१६ अंकले बढेको छ। यसदिन नेप्से परिसूचक २५ सय ०७.७० विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो कारोबार दिन नेप्से परिसूचक ५६.७३ अङ्कले बढेर २४१५.५५ विन्दुमा अडेको थियो।

    नेप्से बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। आज २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता सेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँमा कारोबार भयो। मंगलबार कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ मूल्यमा खरिद बिक्री भएको थियो।

    यसदिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ। व्यापार समूहमा लगानीकर्ताको आकर्षक देखियो। यसदिन सो समूहको सर्वाधिक ८.२३ प्रतिशतले सेयर मूल्य बढ्यो। यस्तै उत्पादन समूहको ७.६६ र जलविद्युतको ६.०३ प्रतिशतले मूल्य बढेको छ। विकास बैंकको ५.५१ प्रतिशतले बढ्दा लगानीको ५.१९ प्रतिशतले सेयर मूल्य बढ्यो।

    बाँकी समूहको ०.४७ देखि ५.१९ प्रतिशतसम्म बढेको छ। यसदिन ४ कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेको छ। ६ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढेको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६८ करोड ३४ लाख बराबरको सेयर कारोबार भयो। यस्तै १५ करोड ८२ लाख बराबरको सेयर कारोबार  गरी अपर तामाकोशी दोस्रो स्थानमा रह्यो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend