८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
मधेस प्रदेश राख्न माओवादी, जसपा र लोसपा एकमत

प्रदेश २ को नामका लागि पाँच वटा प्रस्ताव पेस


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • प्रदेश २ को नामका लागि पाँच वटा प्रस्ताव पेस

    जनकपुरधाम, ८ पुस – प्रदेश २ को नामका लागि प्रदेशसभामा पाँच वटा प्रस्ताव पेस भएको छ। प्रदेशसभाको आठौं अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा नामाकरणका लागि पाँच प्रस्ताव पेस भएको हो।
    बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो। मधेस प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेस भएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ।

     

    त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको छ। कांग्रेसले ‘मिथिला-भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले राजेश्वरप्रसाद साहले ‘मध्य मधेश’ प्रदेश प्रस्ताव पेस गरेको हो।

    जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका हुन् भने कांग्रेसकै राजेश्वर प्रसाद साहले ‘मध्य मधेश’ प्रदेश नामको प्रस्ताव पेस गरेका हुन्।

    नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन। सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend