८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेस प्रदेश २ मा देउवा पक्षका यादव सभापतिमा विजयी


जनमञ्च संवाददाता
  • ९ पौस २०७८ , शुक्रबार

  • कांग्रेस प्रदेश २ मा देउवा पक्षका यादव सभापतिमा विजयी
    कांग्रेस प्रदेश २ को कार्यसमिति सभापतिमा विजयी कृष्णप्रसाद यादव, जितपछि।

    काठमाडौं, ९ पुस – नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका कृष्णप्रसाद यादव प्रदेश सभापति पदमा विजयी भएका छन्।

    केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापति बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।

    रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो।

    निर्वाचन समितिका  अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो।

    तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।

    निर्वाचनमा संस्थापन पक्षबाट कांग्रेस रौतहट सभापति कृष्ण यादव र निधि समूहबाट कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले प्यानलसहित उम्मेदवारी दिएका थिए।

    जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीबार मतदान भएकाे हाे।

    बाँकी पदकाे नतिजा आउन बाँकी छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend