२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो


जनमञ्च संवाददाता
  • ९ पौस २०७८ , शुक्रबार

  • थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

    काठमाडौं, ९ पुस – अमेरिकी सरकारले उपलब्ध गराएको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ। सो खोप कतार एयरवेजबाट शुक्रबार काठमाडौं ल्याइएको हो। उक्त खोप अमेरिकी सरकारले कोभिड- १९ खोप कोभ्याक्स सुविधानअन्तर्गत नेपाललाई उपलब्ध गराएको हो। यो खोप विद्यालय जाने १२ देखि १७ वर्ष उमेर समूहकालाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।

    ५७ जिल्लामा भने १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिन सुरु गरेको छ।

    सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने तयारी गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend