११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

विद्युत् व्यापार कम्पनीले पायो बिजुली व्यापारको लाइसेन्स


जनमञ्च संवाददाता
  • ९ पौस २०७८ , शुक्रबार

  • विद्युत् व्यापार कम्पनीले पायो बिजुली व्यापारको लाइसेन्स

    काठमाडौं, ९ पुस – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिएको हो ।  उर्जामन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एनपीटीसीलाई अनुमति दिइएको जानकारी दिइन् ।

    चाँडै निजी क्षेत्रलाई पनि यस्तो लाइसेन्स दिइने मन्त्री भुसालले बताइन् । विद्युत् व्यापार कम्पनी स्थापनाका लागि अहिलेको कानुनी व्यवस्था स्पष्ट छैन । त्यस्ता कम्पनीलाई कुन निकायले इजाजत दिने र नियमन गर्ने भन्ने विषयमै अन्योल थियो । ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी मात्र नभई निजी क्षेत्रलाई पनि यस्तो इजाजत दिन सकिने बताउँदै आएको छ । तर त्यसको कानुनी आधार बनिनसकेका कारण मन्त्रिपरिषद्को विशेष अधिकारबाट इजाजत दिइएको हो ।

    प्राधिकरणले आफ्नो सहायक कम्पनीका रूपमा एनपीटीसीलाई २०७३ फागुन २४ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको थियो । कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको यो कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व प्रस्ताव गरिएको छ । त्यस्तै, विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को समान १७ प्रतिशत तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएलको) १५ प्रतिशत सेयर रहने गरी यो कम्पनी स्थापना गर्न लागिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend