९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादीमा पदाधिकारी संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव


जनमञ्च संवाददाता
  • ९ पौस २०७८ , शुक्रबार

  • माओवादीमा पदाधिकारी संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

    काठमाडौं, ९ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५  बनाउने प्रस्ताव गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुक्रबार जारी स्थायी कमिटीमा बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव आएको एकजना नेताले बताए ।

    ‘पदाधिकारी संख्या बढाएर १५ सदस्यीय पुर्‍याउने प्रस्ताव आएको छ’, एक नेताले भने, ‘अब पार्टीलाई नयाँ रुपमा अघि बढाउन पाँच जना पदाधिकारीले पुग्दैन। त्यसैले संगठन चलायमान बनाउन पनि पदाधिकारी बढाउनुपर्ने प्रस्ताव आएको छ।’

    माओवादी केन्द्रको विधानमा अहिले ५ जना मात्रै पदाधिकारी रहने व्यवस्था छ। तिनै पदाधिकारीले पार्टीको कमाण्ड हाँक्ने गरेका छन्।

    अहिले माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मात्रै पदाधिकारीका रुपमा रहने व्यवस्था छ।

    यो अवस्थामा पार्टी विधान संशोधन गरेर अरु १० जना पदाधिकारी थप्नुपर्ने प्रस्ताव आएको हो। पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनमा यो प्रस्ताव अघि सारेर त्यहीँबाट विधान संशोधनसहित पदाधिकारी संख्या १५ जना बनाउन प्रस्ताव अघि सारिएको हो।

    बैठकमा सहभागी नेताहरुले प्रदेश कमिटीमा पनि पदाधिकारी नौ सदस्यीय बनाइएकाले केन्द्रमा पाँचजना अब वैज्ञानिक नहुने कुरा राखेका थिए।

    स्थायी कमिटीमा गरिएको प्रस्ताव अनुसार एक अध्यक्ष, वरिष्ठसहित सातजना उपाध्यक्ष, तीनजना सचिव, एकजना महासचिव, एकजना उपहासचिव र कोषाध्यक्ष एकजना बनाउने प्रस्ताव आएको हो।

    अर्को कम्युनिष्ट घटक एमालेमा यसअघि १३ जना पदाधिकारी थिए। तर असोजमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १५ नै पुर्‍याएको थियो।

    तर चितवन महाधिवेशनमा विधान संशोधन गरेर एमालेले अहिले पदाधिकारी संख्या १९ सदस्यीय बनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend