८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राष्ट्रिय सभाको निर्वाचनमा २ हजार २५ मतदाता


जनमञ्च संवाददाता
  • १० पौस २०७८ , शनिबार

  • राष्ट्रिय सभाको निर्वाचनमा २ हजार २५ मतदाता
    संघीय संसद् भवन नयाँबानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा सहभागी सांसद ।

    काठमाडौं, १० पुस – राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा २ हजार २५ मतदाता कायम रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।

    निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ ।

    निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ ।

    कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ । प्रदेश १ मा मोरङका न्यायाधीश भरत लम्साल, प्रदेश २ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, वागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त गरेको छ ।

    गण्डकी प्रदेशका लागि कास्की अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशका लागि दाङका जिल्ला न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशका लागि कैलालीका न्यायाधीश जयानन्द पनेरु नियुक्त भएका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend