८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एमाले अध्यक्ष ओलीको चेतावनी: ‘संसद्‍ अवरोध चुनावसम्मै हुन्छ’


जनमञ्च संवाददाता
  • १० पौस २०७८ , शनिबार

  • एमाले अध्यक्ष ओलीको चेतावनी: ‘संसद्‍ अवरोध चुनावसम्मै हुन्छ’

    काठमाडौं, १० पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् ।

    शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।

    कुराकानीको क्रममा अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताए । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उनले भने, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’

    यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो । ‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि !’ अध्यक्ष ओलीले भने ।

    गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।

    जसपाबाट निर्वाचित जहदा गाउँपालिका ७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुगेका हुन् । ओलीले एमालेको १०औं महाधिवेशनपछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने बताएका थिए । यसअघि जनता समाजवादीको तर्फबाट वडा नं ४ का अध्यक्ष जयनरथ गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend