८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कर्मचारी युनियन बागलुङको आठौ जिल्ला अधिवेसन


जनमञ्च संवाददाता
  • १० पौस २०७८ , शनिबार

  • कर्मचारी युनियन बागलुङको आठौ जिल्ला अधिवेसन

    बागलुङ, १० पुस – नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ ।

    अधिवेसनको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले सरकारले ल्याउन लागेको निजामती ऐन कर्मचारीको हित विपरित भएको आरोप लगाए । साथै उनले बिधेयक पारित हुन नसके अध्यादेश मार्फत ल्याउन लागेको भन्दै लोकतान्त्रिक सरकारले कर्मचारी बिरोधी काम गर्न नहुने बताए ।

    सरकारले ल्याउन लागेको ऐनमा समायोजन गर्दा संघ, प्रदेश र स्थानीय तहमा तोकिएका कर्मचारीलाई सरुवा बढुवामा बिभेद भएको, निवृत्त हुँदा पाउने सेवामा फरक तथा माथिल्लो तहमा बढुवा भएमा वा लिखितमा नाम निकालेमा तल्लो तहको सेवा अवधि गणना नहुने जस्ता प्रावधान कर्मचारी हित विपरित भएको उनको आरोप छ ।

    ‘हामीले सात बुँधे असहमति राखिसकेका छौं, सोही अनुसार ऐन आएन भने कर्मचारी आन्दोलिन हुनुपर्ने अबस्था छ’ उनले भने, ‘सरकारले भनेको ठाउँमा बसेर काम गर्न तयार छौं, तर कर्मचारीको खाइपाइ आएको सेवा कटौती हुने प्रावधान मान्यछैन ।’ उनले निर्वाचनकालागि कर्मचारी तयार रहेको भन्दै सरकारका राम्रा काममा सधै साथ दिने पनि बताए ।

    कर्यक्रममा कांग्रेस सभापति जीत शेरचनले कर्मचारीको मनोबल उच्च रहने गरी पार्टीले काम गर्ने बताए । उनले कर्मचारीले पनि आफ्ना काममा सधै लगनशिल भएर गर्नपनि आग्रह गरे । युनियनका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, सचिव आनन्दप्रसाद शर्माको संचालन र उपाध्यक्ष देवप्रकाश घिमिरेको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेसका जिल्ला स्तरीय नेता, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष तेजप्रसाद निउरे लगायतले बोलेका थिए ।

    अधिवेसनको अबसरमा पछिल्लो समय निवृत्त भएका कर्मचारीलाई सम्मान गरिएको थियो । सहभागि केन्द्रीय तहका कर्मचारीले कर्मचारीको ट्रेडयुनियन अधिकार कुष्ठीत पार्ने काममा सरकार उद्दत भएको आरोप लगाएका थिए । उनीहरुले पार्टीको गुटबन्दी कर्मचारीमा नपार्न पनि आग्रह गरेका छन् । अधिवेसनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend