१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

गार्डेन फाउण्डेशन स्पेन र ५ पालिका विच भगिनी समबन्ध स्थापना


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • गार्डेन फाउण्डेशन स्पेन र ५ पालिका विच भगिनी समबन्ध स्थापना

    बागलुङ, ११ पुस – धौलागिरीका तीन जिल्लाका ५ स्थानीय सरकार र लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनविच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने समझदारी भएको छ ।

    बेनी नगरपालिका म्याग्दी, बागलुङ नगरपालिका बागलुङ र पवर्तका कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका र फाउण्डेसनबीच संस्थागत सम्बन्ध कायम गदैै सहकार्य÷समझदारी पत्रमा शुक्रवार हस्ताक्षर गरिएको छ ।

    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र संघिय सांसद सूर्य पाठक र मनकुमारी केसीको उपस्थितिमा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्दप्रसाद सुबेदीले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लबीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन फाउण्डेशनले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै धौलागिरिको समग्र विकासमा स्पेनबाट सहयोगको आवश्यकता रहेको बताए । उनले भगिनी समबन्धमा जोडिएका विषयलाई दुवै पक्षले कार्यान्वयनमा जोड दिनुपर्ने वताए ।
    सो अवसरमा बागलुङ नगरप्रमुख जनकराज पौडेलले धौलागिरीभित्रका पाँच स्थानीय तहले प्रतिवद्धता अनुसार काम गर्ने वताउदै यहाँको विकास पर्यटन र कृषिमा स्पेनको मोडेल फलदायी हुने वताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend