९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

माओवादी केन्द्रको ८ औं महाधिवेशन सुरु


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • माओवादी केन्द्रको ८ औं महाधिवेशन सुरु

    काठमाडौं, ११ पुस – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै उद्घाटन सत्र सुरु भएको हो । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीको शनिबारको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गरिएको हो ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाही लगायत सहभागी छन् ।

    महाधिवेशनमा देशभरीबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ । महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend