२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026
माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन

एमसीसी नेपालको हितमा छ : प्रधानमन्त्री देउवा


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • एमसीसी नेपालको हितमा छ : प्रधानमन्त्री देउवा

    काठमाडौं, ११ पुस – प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी सहमतिबाटै पारित हुने दाबी गरेका हुन् ।

    उनले भने, ‘एमसीसी राष्ट्रघाती हो कि होइन भनेर पहिले पढ्नुपर्‍यो । यस सम्बन्धमा तपाईंहरुले पनि पढ्नुस् । म पनि नेपालको प्रधानमन्त्री हो । म नेपालको खिलापमा जाउँला । मैले राष्ट्रघाती सम्झौता किन गरुँला । यस विषयमा हाम्रो पनि छलफल भइरहेको छ । म पनि पञ्चायतकालमा लडेको मान्छे हुँ ।’ देउवाले भने, ‘सित्तै आएको पैसा हो । एमसीसी नेपालको हितमा छ । नेपालको कानुन मान्छु भनेको छ, राम्रोसँग बुझ्नुपर्‍यो क्या ?’

    अगाडिका वक्ता नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend