९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
माओवादी केन्द्रको आठौं महाधिवेशन

मैले आफैलाई चिरफार गरेको छु : प्रचण्ड


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • मैले आफैलाई चिरफार गरेको छु : प्रचण्ड

    काठमाडौं, ११ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा आत्मासमीक्षा गरेको दाबी गरेका छन्। माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा कहाँ कहाँ चुक्यौ भनेर आत्मसमीक्षा र आत्मआलोचना गरिने बताएका हुन्।

    ‘महाधिवेशनमा शान्तिप्रक्रियामा आएपछि कहाँ-कहाँ चुक्यौ भनेर आत्मसमीक्षा र आत्मआलोचना गरिन्छ। मैले आफैलाई चीरफार गरेको छु। कसरी माओवादी केन्द्र कमजोर भयो भनेर।’ उनले भने, ‘गम्भीर आत्मसमीक्षासहित नयाँ ढंगले तपाई प्रतिनिधिहरु प्रस्तुत हुनुहुनेछ। ’

    उनले एमाले महासचिव शंकर पोखरेलको भनाईलाई समर्थन गर्दै एकता जोगाउन नसकेकोमा आफूलाई पनि पछुतो लागेको धारणा राखे।  प्रचण्डले नेकपा गठन गलत  नभएको बताउँदै कहाँ गल्ति भयो समीक्षा आवश्यक रहेको धारणा राखे। उनले भने, ‘पार्टी एकता गरेर गल्ति गरेका थिएनौं, फेरी आत्मसमीक्षा गरौं। हाम्रो उद्देश्य गलत थिएन। के कारणले फुट्यो ? मनन हुन जरुरी छ। ’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend