८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
माओवादी केन्द्रको आठौं महाधिवेशन

नेताहरू नियममा नबस्दा देश असफल: माधव नेपाल


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • नेताहरू नियममा नबस्दा देश असफल: माधव नेपाल

    काठमाडौं, ११ पुस – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । नेताहरू नीति, विधि र नियममा नबाँधिँदा देश असफल हुने उनको भनाइ थियो ।

    ‘किन देश असफल हुन्छ । त्यस विषयमा लेखिएको छ मानिस, नेता र पार्टी नियममा बाँधिन चाहँदैन । नीति, विधि र विधानमा बाँधिन नचाहँदा देश असफल हुने रहेछ,’ नेपालले भने ।

    आइतबार नेकपा (माओवादी केन्द्र) को ८औं महाविधेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

    अध्यक्ष नेपालले जनताको विश्वास जित्ने कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए ।

    अध्यक्ष नेपालले भने, ‘हाम्रो ध्यान असमानतालाई अन्त्य गर्ने कुरामा हुनुपर्छ । अन्यायलाई अन्त्य गर्ने कुरामा, विभेदलाई समाप्त गर्ने कुरामा, शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ । त्यसोभए मात्रै हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ । राजनीतिक पार्टी जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्दछ । जनताको विश्वास जित्न कुरा मात्रै पर्याप्त छैन, काम र व्यवहरलाई जनताले हेर्न चाहन्छन् । काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ । गरिबी अन्त्य गर्न पार्टीका नेताहरुको बीचमा छलफल हुनुपर्छ ।’

    अध्यक्ष नेपालले भ्रष्टाचरालई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन नेपाली जनताको हितका लागि हुनुपर्ने बताएका थिए । यस्तै भ्रष्टाचारका कारण जनतामा नेताहरूप्रति वितृष्णा उत्पन्न भएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend