२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘अब काम छैन’ भन्दै तालिबानले भंग गरिदियो निर्वाचन आयोग


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • ‘अब काम छैन’ भन्दै तालिबानले भंग गरिदियो निर्वाचन आयोग

    काठमाडौं, १२ पुस – तालिबानले अफगानिस्तानको निर्वाचन आयोग भंग गरिदिएको छ। इन्डिपेन्डेन्ट इलेक्सन कमिसन (आईईसी) र इन्डिपेन्डेन्ट इलेक्टोरल कम्प्लेन्ट्स कमिसन नामक आयोग भंग गरिएको हो।

    यसअघिका पश्चिमा मुलुक समर्थित सरकारको पालामा चुनावहरुको सुपरीवेक्षण गर्न गठित ती आयोगको अब आवश्यकता नरहेको एक सरकारी प्रवक्ताले बताए।

    ‘यस्ता आयोगको अब अब जरुरी छैन,’ प्रवक्ता बिलाल करिमीले भने, ‘हामीलाई यसको आवश्यकता पर्लाजस्तो भयो भने फेरि ब्युँताउँछौँ।’

    तालिबान गत अगस्टमा सत्तामा आएको हो।

    आईईसी २००६ मा गठन गरिएको थियो। जसले सबै प्रकारका चुनाव गराउँथ्यो। तालिबानले भंग गर्नुअघि यी आयोगका अनेकौँ सदस्य मारिएका थिए।

    आयोग खारेजीसँगै अब कुनै पनि खालका चुनाव नहुने स्थिति देखिएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्। एजेन्सी

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend